दफा २७
मोहियानी हक लाग्ने
गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुनबमोजिम मोहियानी हक पाउनेछ ।
तर,
(क) गुठीको कुनै निश्चित काम गरे बापत जोती भोग गर्न पाउने रकमीले त्यस्तो जग्गामा मोहियानी हक पाउने छैन ।
(ख) साविकदेखि खेती गरी नआएको बाग बगैचा भएको वा तोकिएको शहर बजारको पर्ति गुठी जग्गामा मोहियानी हक पाउने छैन ।